दुर्घटनामा परेर एक युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर ११,आईतवार ०९:२७

तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फेदाप गाउँपालिका वडा नम्वर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ को २१ प ४२२८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङ स्थीत दशगते पार्कमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि धरान लैलाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।