समाचार

हेटौंडा–७ को मतगणना सकियोः एमालेका श्रेष्ठको अग्रता कायमै पराजुली तेस्रो स्थानमा

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (ख) मा नेकपा एमालेका एकलाल श्रेष्ठले अग्रता कायमै राखेका छन् । सुरुवाती चरणमा मतका हिसाबले पछाडि परेका श्रेष्ठले अहिले भने अग्रता कायमै राखेका हुन् । भर्खरै हेटौंडा–७ को मतगणना भएको छ । हालसम्म श्रेष्ठले ७ हजार ३१५, लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार...

१९१९४ गणना गर्दा कमल थापाभन्दा डिना २३०३ मतले अगाडि

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को १९ हजार १९४ मतगणना भएको छ । हालसम्म लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । डिनाले ८ हजार १६० मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले ५ हजार ८५७ मत पाएका छन् । डिनाले...

महेश बर्तौलाको अग्रता कायमै, कसले कति मत पाए ?

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को २० हजार ४३४ मतगणना भएको छ । हालसम्म नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । बर्तौलाले ८ हजार १२१ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ७ हजार ८६५ मत पाएका छन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले...

रसुवा १ (क) मा कांग्रेसका तामाङ निर्वाचित

रसुवा । रसुवाको निर्वाचन क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका प्रभात तामाङ निर्वाचित भएका छन् । प्राप्त मत विवरणअनुसार तामाङ आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलप्रसाद भट्टलाई ३ हजार ४१४ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । तामाङले ८ हजार १ सय ८६ मत प्राप्त...

समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत एक लाख मत कटाउनेमा नेकपा एमालेले पहिलो दल बनेको छ । प्रारम्भिक मत परिणाम अनुसार, एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत प्राप्त गरेको छ । यस्तै, दोस्रोमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५...

गुन्जनबहादुरलाई एकलालले उछिने, आनन्दराम तेस्रो स्थानमै

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका श्रेष्ठ २० हजार ९३२ मत गणना हुदाँ पहिलो स्थानमा आएका हुन् । उनले राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेलाई पछि पारेका हुन् । श्रेष्ठले ६ हजार ३९६...

प्रेमबहादुर पुलामीले कमल विष्टलाई २४५८ मतले पछि पारे

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामीले २ हजार ४५८ मतले प्रतिस्पर्धी उम्मेदवारलाई पछि पारेका छन् । पुलामीले ७ हजार ६४३ मत पाउँदा नेकपा एमालेका कमल बहादुर विस्टले ५ हजार १८५ मत पाएका हुन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका...

मकवानपुर २ (क) मा रोचक प्रतिस्पर्धाः कुमारी मोक्तान १ मतले पछाडी

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनकी कुमारी मोक्तान १ मतले पछि परेकी छिन् । हालसम्म १७ हजार ०४८ मतगणना भएको छ । जसमा मोक्तानले ७ हजार ४५५ मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेका विष्णुप्रसाद ढकालले ७ हजार ४५६ मत पाएका...

१८८६८ मतगणना हुँदा बानियाँले बढाए अग्रता

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनका इन्द्रबहादुर बानियाँले अग्रता कायमै राखेका छन् । बानियाँले ८ हजार ९८१ मत ल्याउँदा नेकपा एमालेका लालबहादुर थापाले ७ हजार ७२१ मत पाएका छन् । बानियाँले थापालाई एक हजार २६० मतले पछि पारेका छन् । त्यस्तै...

पर्सा क्षेत्र नं. २ (१) प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

वीरगञ्ज । पर्साको निर्वाचन क्षेत्र नं. २ (१) प्रदेश सभामा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । पटेलले १३ हजार ७८४ मत प्राप्त गर्दा यादवले १२...