माओवादीका ललितपुर संयोजक र सचिवद्वारा राजीनामा

तु खबर संवाददाता
२०७९ मंसिर १२,सोमबार ०९:४९

काठमाडौं । माओवादी केन्द्रका ललितपुर जिल्लाका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुरका प्रतिनिधि सभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले राजीनामा दिएका हुन् ।

उनीहरूले पार्टीका बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको छ । ललितपुर ३ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल पराजित भएकी थिइन् भने ललितपुर २ प्रदेशसभा (१) मा हरि दाहाल, ३(१) मा राजकाजी महर्जन पराजित भएका थिए ।