शेयर बजारमा दोहोरो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ मंसिर १२,सोमबार १६:५१

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार खुलेको केही समयसम्म झिनो अंकले बढेको नेप्से परिसूचक कारोबार बन्द हुँदा १५.६१ अंकले घटेर १९५० विन्दुमा कायम भएको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा शेयरबजार सुधारका निमित्त खासै प्रभावकारी नीति नदेखिएको कारण आज शेयर बजारमा रौनकता नछाएको हो ।

आज नेप्सेमा सूचीकृत २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता शेयर किनबेच हँुदा १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।