धनकुटामा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।
