समाचार
माधव नेपालको अग्रता कायमै
रौतहट । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायमै राखेका छन् । सुरुवाती चरणमा झिनो मतको अन्तरले देखिए पनि अहिले नेता नेपालले ४ हजार बढी मतले अग्रता लिएका छन । गृह जिल्ला रौतहट क्षेत्र नं. १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपालले मतगणनाको पछिल्लो परिणाम अनुसार,...
भारी मतान्तरसहित देउवा निर्वाचित
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत...
चितवन–२ मा रवि लामिछानको अग्रता
चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले आफ्नो प्रतिस्प्रर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेललाई ७ हजार ३८२ मतले पछि पार्दै अग्रता कायमै राखेका हुन् । लामिछानेलाई १३ हजार ६ सय ४१ मत प्राप्त हुँदा पोखरेललाई ६ हजार २...
भारी मतान्तरसहित प्रचण्डको अग्रता कायमै
गोरखा । गोरखा क्षेत्र नम्वर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् । बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १० हजार मतले पछि पार्दै अग्रता कायमै राखेका हुन् । प्रचण्डले १५ हजार ५७६ मत...
मकवानपुर क्षेत्र नम्वर १ (क): २८५६० गणना गर्दा पुलामी अगाडि, कसको कति मत ?
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को प्रदेशसभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले ११ हजार ९७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका कमल बहादुर विष्टले ९ हजार ५३९ मत पाएका छन् । हालसम्म २८ हजार ५६० मत गणना भएको छ । जसमा पुलामीले १ हजार...
मकवानपुर क्षेत्र नम्वर २ मा ३९४४१ गणना गर्दा महेश बर्तौला अगाडि, कसको कति मत ?
हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बर्तौलाले बुधबार बिहानसम्म लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बिरोध खतिवडाभन्दा २ हजार २४५ मतले अघि बढाएका छन् । हालसम्म ३९ हजार ४११ मत गणना हुँदा बर्तौलाले १५ हजार ९०२ मत प्राप्त गर्दा...
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
गुल्मी । गुल्मीमा गएराति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गएराति करिब २ बजे जिल्लाको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकबाट कुतडाडा जाँदै गरेको ५३४० नम्वरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर चार जनाको घटनास्थल मै र...
मकवानपुर क्षेत्र नम्वर १ मा ३१९४६ गणना गर्दाः डिनाको अग्रता कायमै
हेटौँडा । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उमेदवार महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । डिनाले ११ हजार ९३५ मत पाएकी छिन् । उनलाई नेकपा एमालेको तर्फबाट उमेदवार बनेका कमल थापाले पछ्याइरहेका छन् । थापाले ९ हजार ४७१ मत पाएका छन्...
२१९३५ गणना गर्दा इन्द्र बानियाँले पाए १०३८० मत
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् । यो समाचार तयार पार्दासम्म २१ हजार ९३५ मत गणना भएको छ । बानियाँले १० हजार ३८० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा...
२३३३२ गणना गर्दा महेशको अग्रता कायमै
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को हालसम्मको ताजा मत परिणाम सार्वजनिक भएको छ । २३ हजार ३३२ मत गणना गर्दा नेकपा एमालेका महेश कुमार बर्तौलाले अग्रता कायमै राखेका छन् । बर्तौलाले ९२५४ मत ल्याउँदा लोकतान्त्रिक बाम गठबन्धनका विरोध खतिवडाले ८ हजार ५३६ मत पाएका छन् । बर्तौला खतिवडाभन्दा...









