दोलखामा रद्द भएका मतदान केन्द्रमा पुनः निर्वाचन हुने

काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा पुनः निर्वाच्न हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले यही मंसिर १५ गते पुनः निर्वाचन गराउने निर्णय गरेको हो ।
निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले आजैदेखि निर्वाचनको तयारी थालिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।
सोही टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
आयोगले वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः निर्वाचन गर्नु लागेको जानकारी दिए ।