एमालेका सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ११, आईतवार ०९:३९
file-photo

इलाम । इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।