समानुपातिक तर्फ एमालेले २३ लाख, कांग्रेसले २२ लाख मत कटायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिक तर्फ २३ लाख कटाएको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेस २२ लाख १ हजार ७९४ मतसहित दोस्रो र माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मतसहित तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख २१ हजार ७६० मतसहित चौथो स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ४ लाख ८६ हजार २९७ मतसहित पाँचौ र जनता समाजवादी पार्टी २ लाख ८७ हजार ४७७ मतसहित छैटौं स्थानमा रहेको छ ।
यस्तै, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले क्रमशः २ लाख २१ हजार ४२७ र २ लाख २० हजार ५२८ मत प्राप्त गरेका छन् ।