समाचार
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता छान्न निर्वाचन हुने
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी...
नेकपा एमाले संसदीय दलको नेतामा ओली चयन
काठमाडौं । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो । अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने तयारी...
सट्टेबाजी गराएको आरोपमा श्रेष्ठ पक्राउ
काठमाडौं । कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको मरूटोलबाट सोमबार ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ । श्रेष्ठले...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले मातृभाषामा शपथ लिन सक्ने
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मातृभाषामा शपथ लिनसक्ने संघीय संसद सचिवालयले जनाएको छ । त्यसका लागि शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने छ । संघीय संसद सचिवालले मंगलबार जारी...
देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । थापाले मंगलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि प्रधानमन्त्री देउवाले आफ्नो उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय...
राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लिङ्देनलाई संसदीय दलको नेता चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा राप्रपा १४ सिटमा विजयी भएको थियो...
बैकिङ कसुर मुद्दामा फरार कार्की पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरबाट बैकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–१ घर भएका श्रीकृष्ण कार्की रहेका छन् । कार्कीलाई उच्च अदालत पाटनले २०७७ पुस २८ मा ११ लाख ९५ हजार जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो ।...
प्रचण्डले पठाए चार बुँदे सर्कुलर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मातहतका कमिटीमा चार बुँदे सर्कुलर पठाएका छन् । प्रचण्डले प्रदेश इन्चार्ज र अध्यक्षहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयको बैठकको निर्णयअनुसार ४ बुँदे सर्कुलर पठाएको एक नेताले बताए । ती नेताका अनुसार, सर्कुलरमा पार्टीका एक जना केन्द्रीय सदस्यलाई निलम्बन गरिएको विषय समेत उल्लेख गरिएको...
माधव नेपाल टिचिङ अस्पताल भर्ना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएकोले मंगलबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका छाती रोग...
यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक...










