समाचार

यस्तो रहनेछ आजको मौसम

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल जम्मू काश्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईमा हुस्सु लागिरहेको छ । यस्तै, आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही...

बागमती प्रदेशको समानुपातिकमा ८० प्रतिशत महिला

मकवानपुर । बागमती प्रदेशको समानुपातिक तर्फको सांसदमा ८० प्रतिशत महिला निर्वाचित भएका छन् । गत मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार, प्रदेशमा विभिन्न राजनीतिक दलबाट समानुपातिक तर्फको सांसदमा ८० प्रतिशत महिला निर्वाचत भएका हुन् । बागमती प्रदेशको प्रदेशसभामा ७ वटा राजनीतिक दलका प्रतिनिधित्व समानुपातिकबाट निर्वाचित भएका छन्...

मकवानपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ खरङ्गामा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्वर ७ कोदार बस्ने ४५ वर्षीया महिला सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए...

३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन निर्देशन दिएको हो । आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको...

जसपाका सांसदहरूले मातृभाषामा शपथ लिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभातर्फका सांसदहरूले मातृभाषामा शपथ लिने भएका छन् । जसअनुसार सांसद अशोक कुमार राईले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरी, रञ्जु ठाकुरले मैथीली भाषामा शपथ लिने भएका हुन् । यस्तै, राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्र प्रसाद...

सदनमा भौतिक दुरी कायम राखेर शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ । कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना...

नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

काठमाडौं । नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला...

ज्येष्ठ सांसद पशुपति शमशेरले आज राष्ट्रपतिबाट शपथ लिने

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर  राणाले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । ८१ वर्षीय राणाले आज दिउँसो १ बजेको समयमा राष्ट्रपति कार्यालयमा पुगेर शपथ ग्रहण गर्ने भएका हुन् । संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय...

आज कांग्रेस संसदीय दलको निर्वाचन, देउवा र थापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रकृयामा कांग्रेस संसदीय दलमा ८९ सांसदले भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन...

हेटौंडाबाट विप्लवका ७ नेता तथा कार्यकर्ता पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना नेता तथा कार्यकतालाई पक्राउ गरेका छ । सरकारले ल्याएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौंडा बसपार्कमा पुर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सुर्य सिंहसहित ७ जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक...