समाचार

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८५१ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८५१ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि बुधबारसम्मको हो । जसमा ३ हजार २०२ जना पुरुष र २ हजार ६४९ जना महिला रहेका छन् । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै...

सेनाको फास्ट ट्रयाक सम्झौतामा रोक

काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक) अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवाद सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई मंसिर २६ मा पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि...

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्डबीच प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए । तर, उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘’ । जसरी पनि पहिलो...

नयाँ सरकार गठनतिर दलहरूको ध्यान

काठमाडौं । संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन्। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली...

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ आज

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । राणालाई राष्ट्रपति...

माओवादी बागमती : संसदीय दलको नेतामा जमरकट्टेल र पौडेलबीच प्रतिस्पर्धा हुने

मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेताको लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रको नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको हो । एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनाव समेत हुन सक्ने सांसदहरुले बताएका छन् । यसअघि दलको...

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न यातायात विभागको निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत्र महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु २ हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्वर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार...

ज्येष्ठ सदस्य राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । बैठक भोलि मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो । उक्त बैठक ज्येष्ठ सदस्य राणाको अध्यक्षतामा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका...