एमाले बागमती संसदीय दलको निर्वाचन आज हुँदै
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचन हेटौंडास्थित पार्टी कार्यालयमा हुने भएको हो ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलीया सर्वसहमतीबाट बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिने सम्भावना रहेको छ । बागमती प्रदेशमा एमालेले मुख्यमन्त्रीको लागि दावी गरेको छ । थपलीया केपी शर्मा ओली निकट हुन् ।
यस्तै, नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको छ । विगतमा पनि बाम गठबन्धनमा रहेर प्रदेश सरकारको नेतृत्वमा एमालेलाई सहयोग गरेकाले यस पटक बागमती प्रदेशमा आफूहरुले सरकार बनाउन पाउनु पर्ने माओवादीको माग छ ।
