हाम्रो नेपाली पार्टी बागमती संसदीय दलको नेतामा बज्राचार्य

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार १७:४७

मकवानपुर ।  हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । पार्टी प्रवक्ता रोहन कार्कीका अनुसार, पार्टीको बागमती संसदीय दलका नेतामा शैलेन्द्र मान बज्राचार्यलाई चयन गरिएको हो ।

बज्रचार्य गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (क) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । बजाचार्यले निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेश शाक्यलाई १७५१ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

बज्राचार्यले ५४६२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी शाक्यले ३७११ मत प्राप्त गरेका थिए । बागमती प्रदेशसभामा सो पार्टीका दुई सांसद रहेका छन् ।