समाचार
कांग्रेस बागमती प्रदेशद्वारा संसदीय दलको निर्वाचनका लागि समिति गठन
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा पार्टी सम्पर्क कार्यालय ललितपुरमा मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गरेको हो । बैठकले प्रदेश उप–सभापती चन्द्र महर्जनको संयोजकत्वमा ५ सदस्यीय...
नेप्सेमा थप ३७ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ३७ लाख ५० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । एनसीसी बैंक लिमिटेडले आफ्नो साधारण सभाबाट पारित गरेको ३.३६६३ प्रतिशत बोनस शेयर आज सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर...
शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । दुईदिन लगातार बढेको शेयरबजार आज झिनो अंकले गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा नेप्से बढेपनि कारोबार बन्द हुँदासम्म नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६...
सर्वोच्चद्वारा रवि लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले लामिछानेविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले दल दर्ता गर्ने बेलादेखि नै त्याग भइसकेको नागरिकताको...
एमालेद्वारा राष्ट्रिय पोशाकमा शपथ लिन सर्कुलर जारी
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ । पुस ७ गते अर्थात बिहीबार हुने शपथ कार्यक्रममा सहभागी हुँदा राष्ट्रिय पोशाक लगाएर आउन पार्टीले मौखिक सर्कुलर जारी गरेको नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकरी दिए...
कांग्रेस संसदीय दलमा देउवा भारी मतले विजयी
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफ्नो प्रतिस्पर्धी गगन थापालाई भारी पछि पार्दै विजयी हाँसिल गरेका हुन् । संसदीय दलको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी महामन्त्री थापाले २८.०८ प्रतिशत मत पाउँदा देउवाले ७१.९१ प्रतिशत मत...
हेटौंडामा करेन्ट लागेर एक जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रेको चौरी देउरालि गाउँपालिका वडा नम्वर २ घर भएका २८ वर्षीय सोम प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएके छ । बिहान ८ः४० बजेको समयमा हेटौंडा–४ कर्रास्थितमा १२००० भोल्टको बिजुलीको पोलमा चडी सिबि...
ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले लिए शपथ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय...
लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले जानकारी दिए । संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने उनले बताए । प्रतिनिधिसभामा...
दुर्घटनामा परेर ४ वर्षीय बालकको मृत्यु
धनगढी । कैलालीमा बुधबार बिहान टिपरले अटो रिक्सालाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा सुदूरपश्चिम प्र ०१००१ क २०२० नम्वरको टिप्परले सुदूरपश्चिम प्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अटोमा सवार गोदावरी...










