बुधबार नेप्से परिसूच्क घट्यो, २ अर्बमाथिको कारोबार
काठमाडौं । केही दिनदेखि लगातार उच्च अंकले बढेको नेप्से सूचक आज फेरी घट्न पुगेको छ । साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिन करिब ४ अर्बको हाराहारीमा कारोबार भएको पुँजीबजारमा आज सवा २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से सूचक ५९।.७ अंकले बढेर १९८३ को विन्दुमा पुगेको थियो भने नेप्सेमा सूचीकृत २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
