कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा लामा
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनको लागि आज कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार, लामा दलको नेतामा निर्वाचित भएका हुन् ।
लामाले आफ्नो निकटतम प्रतिस्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् । लामाले २१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बानियाँले १६ मत प्राप्त गरे ।
निर्वाचनमा बागमती प्रदेशसभाका लागि कांग्रेसबाट निर्वाचित ३७ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए । निर्वाचनको मतपरिणामको आधिकारित घोषणा भने भईसकेको छैन ।
