सरकारमा सहभागी हुने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुनेबारेमा अनिर्णित हुँदै आएको राप्रपा अब सरकारमा जाने भएको हो ।
एक नेताका अनुसार, आजको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएसँगै पार्टी सरकारमा जाने निर्णय भएको हो ।
बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
