नाबालिका बलात्कारको आरोपमा थापा पक्राउ

तु खबर संवाददाता
२०७९ पुष १३, बुधबार १६:४६
सांकेतिक तस्बिर

काठमाडौं । रुपन्देहीमा १७ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाइर्ए पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका(१ बेलहियाका २४ वर्षीय सचिन थापा रहेको प्रहरीले जनाएको छ ।

थापालाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा थापालाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।