समाचार

महेन्द्रराय यादवको शपथ भोलि हुने

काठमाडौं । नेपाल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादवले प्रतिनिधि सभा सदस्य पदको शपथ भोलि लिने भएका छन् । उमेर विवादका कारण बिहीबार भएको शपथ ग्रहण कार्यक्रममा उनी सहभागी नभएका हुन्  । उनको नागरिकताको उमेर ८५ वर्षको रहेको छ भने वास्तविक उमेर ६६ वर्ष मात्र रहेको कारण संसद...

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ । संसदीय दलको बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको हो । दल बैठकको तयारी र गठबन्धनमा माओवादीले दाबी गर्ने पदलगायत विविध विषयमा छलफल हुने बताएको छ । पदाधिकारी बैठक सकिएलगतै सिंहदरबारमा संसदीय दलको बैठक बस्ने...

शेयरबजारमा झिनो अंकको गिरावट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ०.०१ अंकले घटेर १८६७ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ...

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नवनिर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून...

बागमती प्रदेश : वडा समाजवादी कार्यक्रम कार्यान्वयन गर्न समिति गठन

मकवानपुर । बागमती प्रदेश सरकारले वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ११९ वटै वडामा वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरेको सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार, वडा समाजवादी...

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण अगाडि सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । बैठक प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा मध्यान्ह १२ बजे बस्ने भएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो । राणाले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए...

जसपाका सांसदहरुले जातीय पहिचान झल्किने पोशाकमा शपथ लिने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसदहरुले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन् । सबैको पहिचान र अस्तित्वको सवाललाई प्रार्थमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदहरुले शपथ लिने कुरा स्वभाविक रहेको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए । यद्यपी सांसदहरुलाई राष्ट्रिय पोशाक वा...

करेन्ट लगाएर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा । करेन्ट लगाएर श्रीमतीको हत्या गरेको आरोपमा पर्साबाट प्रहरीले श्रीमान‍्लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ जैसौलीमा श्रीमती रिंकुकुमारी दासको हत्या गरेको आरोपमा प्रहरीले उनका श्रीमान् कुशलकुमार दासलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, कुशलले श्रीमतीलाई करेन्ट लगाएर हत्या गरेपछि गाडीले किचेर ज्यान गएको देखाउनका...

हेटौंडाका युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार साँझ अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ तिनताप्केस्थित भित्री सडकखण्डबाट लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा स्थानीय २१ वर्षीय अबिन थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले...

दुर्घटनामा परेर दुई युवकको मृत्यु

जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल एकापसमा बुधबार साँझ ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको प्ररहीले जनाएको छ । उनीहरु दुवै जना मोटरसाइकलमा सवार थिए । बुधबार साँझ...