समाचार

महेन्द्र राय यादवले आज शपथ लिने

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन्...

कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव पुस १३ गते

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको चुनाव पुस १३ गते हुने भएको छ । बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता चयनका लागि पुस १३ गतेका लागि चुनावको मिति तोकेको हो । चन्द्र महर्जनको संयोजकत्वमा रहेको उक्त समितिले संसदीय दलको कार्यालय हेटौंडा परिसरमा चुनाव गर्ने...

राजेन्द्र पाण्डेले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पदबाट राजीनामा नगरी प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ...

बागमती प्रदेश : आज सर्वदलीय बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले आज सर्वदलीय बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न आज बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो । निर्वाचन आयोगको प्रतिवेदन प्राप्त...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर प्रहरीले बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१ बस्ने ६१ वर्षीय रामबहादुर राई रहेका छन् । प्रहरीका अनुसार, राईले ती महिलालाई मंसिर २९ गते जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको...

अतिरिक्त स्वास्थ्य सचिव बढुवामा तीन जनाको नाम सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बढुवा समितिले अतिरिक्त स्वास्थ्य सचिव १२ औँ तहमा तीन जनाको नाम सिफारिस गरेको छ । बिहीबार मन्त्रालयमा बसेको बढुवा समिति बैठकले रिक्त रहेको दुई पदमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा.श्रीकृष्ण श्रेष्ठ, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा र प्रदेश अस्पताल भद्रपुरका सुपरिटेन्डेन्ट...

माओवादी केन्द्र राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिए । माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिएपनि सो पार्टीले दलको...

माओवादी संसदीय दलको नेतामा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल (प्रचण्ड) चयन भएका छन् । माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको सांसद सुदन किरातीले जानकारी दिए । त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय...

प्रदेश १ का सिंचाइमन्त्री राईले दिए राजीनामा

विराटनगर । प्रदेश नम्वर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका राईले संघीय सांसदको शपथ ग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन् । २०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३...

हेटौंडामा औद्योगिक व्यापार मेला हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा १० औं राष्ट्रिय औद्योगिक व्यापार मेला हुने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म व्यापार मेला संचालन हुने भएको हो । हेटौंडा–१० टीसीएनको चौरमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । मेलामा बहुराष्ट्रिय, राष्ट्रिय तथा...