ए डिभिजन लिग फागुन १९ गतेबाट हुने

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १७:२३
file-photo

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।

लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दावा लामा लगायतको उपस्थिति रहेको थियो ।