बिहीबार ५६ अंकले बढ्यो शेयरबजार, ३ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७९ पुष १४, बिहीबार १६:२०

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।

लामो समयदेखि १८.१९ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स आज २.८८ प्रतिशतले बढेर २ हजारको विन्दुमा कायम भएको छ ।

यसैको प्रभावले आज नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समा नै हरियाली छाएको छ ।