बागमती प्रदेशसभा : ७० वटा विधेयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको पहिलो बैठकदेखि १० औं बैठकसम्ममा ७० वटा विभिन्न प्रकारको विधेयक पारित गरिएको जनाएको छ ।
बिहीबार प्रदेशसभा सचिवालयद्वारा आयोजित शपथ ग्रहण समारोहमा नवनिर्वाचित सदस्यहरुलाई स्वागत गर्दै प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सो बारे जानकारी गराएको हो ।
बागमती प्रदेश सरकारद्वारा दुई वटा ऐनको संशोधन गरिएको र विभिन्न मितिमा अध्यादेश गरिएको क्रममा सो विधेयकलाई विस्थापित गरी नयाँ ऐन तर्जुमाको लागि विधेयकहरु टेबुल गरिएको पनि जानकारी गराए ।
यस्तै, सचिव खड्काले वि.सं. २०७४ साल माघ १८ गतेबाट सुरु भएको पहिलो प्रदेशसभाको बैठक हुँदै वि.सं. २०७९ साल साउन ६ गते १० औं अधिवेशन बैठकको अन्त्य गरिएको सम्ममा २५२ वटा बैठक बसेको बताए ।
