सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता सहभागी भएका छन् ।
मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको बारेमा छलफल हुने नेताहरुको भनाई छ ।
आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास हुने नेताहरुले बताएका छन् । पहिलो चरणमा केन्द्रमा प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ भने प्रदेशहरुमा सरकार गठनको तयारी भइरहेको छ ।