जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।
राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचीहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । उक्त बैठकमा चुनावी समीक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने जसपाका एक नेताले बताए ।
