समाचार
उतारचढावकाबीच १४ अंकले बढ्यो शेयरबजार
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.२२ अंकले बढेर १८७३ विन्दुमा कायम हुन पुगेको छ । यसअघि नेप्से परिसूचक ३.८३ अंकले घढेर १८५८ विन्दुमा कायम भएको थियो । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता शेयर किनबेच हुँदा...
टिपरको ठक्करबाट बालिकाको मृत्यु
सप्तरी । सप्तरी रूपनी गाउँपालिका राजविराज सडकखण्डको विधुत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका–१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिफरले ठक्कर दिएको...
कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार, बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको...
चिसोले कठ्याङ्ग्रिएर २ जनाको मृत्यु
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझी रहेका छन् ।...
बागमती प्रदेश : सर्वदलीय बैठकको आह्वान
मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुष ८ गते बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो ।...
स्पेनमा एक जना नेपालीको मृत्यु
बार्सिलोना । स्पेनमा एक जना नेपालीको मृत्यु भएको छ । कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको हो । क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका हुन् । गौतम झण्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए...
एमालेका संसदहरूको भेला आज
काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आज हुने भएको छ । एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो । पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका...
आज स्वदेश फर्कँदै वर्षमान पुन
काठमाडौं । उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कँदै छन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी...
कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले जानकारी दिए । उनका अनुसार, सानेपा स्थिती प्रदेश समितिको सम्पर्क कार्यालयमा बस्ने उक्त बैठकले प्रदेशको...
गुठीसम्बन्धी ऐन तर्जुमा गर्न समिति गठन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवम् जग्गा व्यवस्थापन महाशाखा प्रमुख पदमानिधि सोतीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । मन्त्रीस्तरीय निर्णयानुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा...










