सभापति देउवाले भोलि बालुवाटार छोड्ने

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार १५:४८
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री पदबाट मुक्त भएपछि उनी बालुवाटार छोडेर धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् ।

बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका उनको सचिवालयले जनाएको छ ।

पुस १० मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर, उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए । त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ ।