कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार १५:५८

काठमाडौं । नेपाली कांग्रेसले यही पुस २२ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी पुस २२ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने जानकारी गराएका हुन् ।

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।

पार्टीबाट समानुपातिक सांसद चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि केन्द्रीय समिति बैठक पहिलो पटक बस्न लागेको हो ।