ईन्द्र बानियाँद्वारा कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
बानियाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता गराएका हुन् । बानियाँको समर्थनमा छिरिङ दोर्ज लामा र प्रस्तावकमा प्रभात तामाङ रहेका छन् ।
बानियाँ गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी यसअघि पनि संसदीय दलको नेता भइसकेका छन् ।
संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम संचालन गरिरहेको छ ।