सरकारमा जाने की नजाने भन्नेबारे छलफल गर्न राप्रपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए ।
उनका अनुसार, बैठकमा पार्टीको सरकारमा जाने की नजाने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।
