प्रदेश–१ : माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार १६:४४

विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रदेशसभा संसदीय दलको नेतामा ईन्द्रबहादुर आङ्बो चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभा संसदीय दलको बैठकबाट आङ्बो दलको नेता चयन भएका प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए ।

उप्रेतीका अनुसार, प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो यसअघि पनि संसदीय दलको नेता थिए । बैठकले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।