राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

तु खबर संवाददाता
२०७९ पुष १२,मंगलवार १६:३६
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै आगामी पुस २५ गते सोमबार दिनको १ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको छु ।’