हेटौंडामा सूचकको दरबन्दीमा कार्यररत एक जनाको मृत्यु
मकवानपुर । राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडामा सूचकको दरबन्दीमा कार्यररत एक जनाको तालिमको क्रममा मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धानको ईन्टलिजेन्ट शिक्षालयमा पुस ३ गतेदेखि तालिममा सहभागी भएका विवेक साउदको सोमबार मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उनको राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबारमा दरबन्दी थियो । कञ्चनपुरको भिमदत्त नगरपालिका–२ घर भएका ३८ वर्षीय साउद सोमबार बिहान ७ बजेको समयमा शारीरिक व्यायामको समयमा एक्कासी लडी बेहोस भएका थिए ।
बेहोस् भएका उनलाई उपचारका लागि मकवानपुर सहकारी अस्पतालमा पुर्याइएका थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक साउदको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको जनाइएको छ ।
