थाहा नगरपालिका–९ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

तु खबर संवाददाता
२०७९ पुष १२, मंगलवार १७:०७

मकवानपुर । मकवानपुरको उत्तरी थाहा नगरपालिका वडा नं.–९ चित्लाङमा यही पुस २७ गतेदेखि जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । स्वच्छन्द्र भैरब युवा क्लव आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको लागि पुस २६ गतेसम्म टिम दर्ता गर्नुपर्ने स्वच्छन्द्र भैरब युवा क्लवका अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए । उक्त क्षेत्रका पर्यटकीय स्थलको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने, खेलकै माध्यमबाट गाउँमा रहेका विकृती बिसंगतीलाई हटाउँदै स्थानीय युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउने लक्ष्यसहित भलिबल प्रतियोगिताको आयोजन ागर्न लागिएको अध्यक्ष बलामीले बताए ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने संस्थाका सचिव निर्मल विडारीले बताए ।