समाचार
मापदण्ड पुगेका पत्रकारलाई सदस्यता दिन फोनिजको आग्रह
मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणको क्रममा मापदण्ड पुगेका पत्रकारलाई सदस्य हुनबाट बञ्चित नगराउन आग्रह गरेको छ । फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मापदण्ड पुगेका पत्रकारलाई नेपाल पत्रकार महासंघको सदस्यता दिन र मापदण्ड नपुगेका...
अङ्गारेश्वर मन्दिरमा राजयोग तथा ध्यान कोर्ष संचालन हुने
मकवानपुर । अङ्गारेश्वर मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले राजयोग तथा ध्यान कोर्ष संचालन गर्ने भएको छ । समितिले यही जेष्ठ २६ गते अर्थात भोलि शुक्रबारदेखि जेष्ठ ३२ गतेसम्म एक साता उक्त राजयोग तथा ध्यान कोर्ष संचालन गर्ने भएको हो । समितिले साँझ ५ बजेदेखि ६ बजेसम्म दैनिक एक घण्टा...
जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक जेष्ठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार दिनको १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ । केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल...
एसइई नतिजा असार तेस्रो सातामा सार्वजनिक गर्ने तयारी
काठमाडौं । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका...
आजको मौसम : पहाडी भेगमा हल्का वर्षा, तराईमा ‘लू’ चल्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी,...
सरकारको बजेटमाथि आज पनि छलफल जारी रहने
काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएकोे हो । उक्त बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो । सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउँ गर्दै गर्दा विपक्षी सांसद्हरुले...
आफ्नै छोराको हत्या गर्ने बाबु पक्राउ
काठमाडौं । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारी रहेका छन् । आफ्नै १४ दिनको छोराको यही जेष्ठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं...
कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तामाङ पक्राउ
काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया...
कैलाशका महिलालाई जुत्ता बनाउने तालिम
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ९ र १० का महिलाहरुलाई दिइएको मखमलको जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । लालित्य सेवा प्रतिष्ठानद्वारा आयोजना एवम् गाउँपालिकाको आर्थिक सहयोगमा गरिएको १५ दिने तालिम बुधबार सम्पन्न भएको हो । तालिम प्रतिष्ठानका अध्यक्ष मुना पाठक कठायतको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार...










