समाचार
मंगलबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराएका थिए । राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक सिंहदरबारमा हाल जारी छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बुधबार बिहान बसेको हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक पनि हो ।
प्राकृतिक प्रणालीबाट बहुबाली र कौशी खेतीसम्बन्धी तालिम सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौंडामा तीन दिने प्राकृतिक प्रणालीबाट बहुबाली र कौशी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । ग्रामीण महिला सेवा केन्द्र मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तीन दिने तालिम सम्पन्न भएको हो । तालिम सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्ष एवम् उपमहानगरपालिकाका कृषि पशुपंक्षी शाखाकी प्रमुख...
हेटौंडा–२ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन शिलान्यास
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ मा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन शिलान्यास गरिएको छ । मंगलबार जलेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिर परिसरमा भवन शिलान्यास गरेको हो । उक्त भवनको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले शिलान्यास गरेका हुन् । वडाको १० लाख रुपैयाँ बजेटमा एक तल्ले...
हेटौंडा मेयर कप फुटबल : आज सेमिफाइनल खेल हुने
मकवानपुर । तेस्रो संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आजबाट सेमिफाइनल खेल हुँदैछ । बुधबारको पहिलो सेमिफाइनल खेलमा १४ नम्बर र १५ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार १३ नम्बर र ११ नम्बर वडाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको...
हेटौंडामा प्रदेश स्तरीय नमुना युवा संसद अभ्यास सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रम प्रदेश युवा परिषद् बागमतीको आयोजनामा मंगलबारबाट सुरु भएको हो । प्रदेशभरीका युवाहरुलाई संसदीय अभ्यास सिकाउने उद्देश्यले सुरु गरिएको युवा संसद अभ्यास कार्यक्रमको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख...
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतबाट कारण देखाऊ आदेश जारी भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गर्ने आदेश...
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, बजेटमाथिको छलफल जारी रहने
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ । छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै...
मौसम पूर्वानुमान : पहाडी भू–भागमा क्षणिक वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका...
गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार, काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका उनलाई...










