समाचार

पहिरोका कारण अवरुद्ध सडकखण्डमा यातायात सुचारु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडकखण्डमा पहिरोका कारण अवरुद्ध बनेको यातायात सुचारु भएको छ । हेटौंडा–काठमाडौं कान्तिलोकपथ अन्तर्गत भट्टेडाँडामा पहिरो खस्दा अवरुद्ध बनेको यातायात आज दिउँसोबाट सुचारुमा आएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार साँझ परेको वर्षाको कारण सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो...

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकमा श्रीमानको कुटपिटबाट एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका–११ की दलित महिला सदस्य ज्ञानी बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ज्ञानीलाई यही जेष्ठ २९ गते घरायझी झगडामा श्रीमान् शम्भु बिकले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारका...

नेपाल सुपर लिग मंसिर ९ मा सुरु हुने

काठमाडौंं । नेपाल सुपर लिग फुटबल आगामी मंसिर ९ देखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग मंसिर ९ गतेदेखि सुरु भई पुष २१ मा सकिनेछ । पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो...

बागमती प्रदेश सभामा आर्थिक सर्वेक्षणको प्रस्ताव पेश

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको बैठकमा आर्थिक सर्वेक्षण २०७९/०८० को प्रस्ताव पेश भएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ) ले उक्त आर्थिक सर्वेक्षणको प्रस्ताव पेश गरेका हुन् । मन्त्री लामाले आर्थिक सर्वेक्षण पेस गरेलगत्तै सभामुख भुवनकुमार पाठकले अर्को बैठक भोलि असार...

बागमती प्रदेश सरकारद्वारा तरकारीको विषादी परीक्षण गर्न मेसिन हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश सरकारले तरकारीको विषादी परीक्षण गर्न हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ । प्रदेश सरकारको कृषि मन्त्रालयले विभिन्न स्थानबाट हेटौंडा भित्र्ने तरकारीको परीक्षणका उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको हो । मन्त्रालयले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई उपभोक्ताले विषाख्त खानेकुरा खान नपरोस् भन्ने उद्देश्यसहित तरकारीको परीक्षणका लागि मेसिन...

५ जना कलाकार र ३ जना युट्यबर पक्राउ

काठमाडौं । प्रहरीले पाँच जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे रहेका छन् । यस्तै, युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटालाई पनि...

बिहीबार नेप्से ५ अंकले बढ्यो, ३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज नेप्सेका १३ उपसूचकमध्ये...

अमेरिकाको भिजा शुल्कमा वृद्धि जून महिनाको १७ बाट लागू हुने

काठमाडौं । अमेरिकाको भिजामा भएको शुल्क वृद्धि सन् २०२३ जून १७ तारिकदेखि लागू हुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन महिनाको १७ तारिकबाट गैर आप्रवासी र विशेष भिजामा गरिएको शुल्क वृद्धि लागू गर्ने जनाएको छ । सो शुल्क वृद्धि अनुसार, भिजिटर भिसा लगायत ईबाहेक सबै गैर आप्रवासी...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक हाल जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको एक मन्त्रीले बताए । बैठकले मुख्यसचिव परिवर्तन र राजदूत नियुक्तिबारे निर्णय गर्ने तयारी रहेको ती मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार, मुख्यसचिव शंकरदास बैरागीलाई अमेरिकाको राजदूत बनाउने र उनको ठाउँमा वैकुण्ठ...

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय बालक अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस् भएका...