समाचार
सिडियो नेपालद्वारा मकवानपुरमा नमूना कक्षा कोठा निर्माण
मकवानपुर । सामुदायिक विकास संस्था (सिडिओ) नेपाल मकवानपुरले मकवानपुरमा ४५ वटा नमूना कक्षा कोठा निर्माण गरेको छ । सिडियो नेपालले सन् २०२२ को जुलाईदेखि एक वर्षे कार्यक्रमअन्तर्गत मकवानपुरको चार स्थानीय तहका विभिन्न विद्यालयमा गरी ४५ वटा नमूना कक्षा कोठा निर्माण गरिएको हो । सिडियो नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय प्लान...
स्वास्थ्यमन्त्री बस्नेतले गरे हेटौंडा अस्पतालको अनुगमन
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । मन्त्री बस्नेतले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालको अनुगमन गरेका हुन् । मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, फार्मेसीलगायत विभिन्न कक्षको अनुगमन गरेका थिए भने अस्पतालमा भर्ना भएका विरामीहरुको अवस्था बारे जानकारी...
मकवानपुरमा मापसे गरी सवारी चलाउनेलाई सचेतना कक्षा दिने
मकवानपुर । मकवानपुरमा आगामी असार १ गतेदेखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई ट्राफिक प्रहरी कार्यालयले एक घण्टाको सचेतना कक्षा दिने भएको छ । हाल काठमाडौंसहित नेपालको केही शहरमा रहेको उक्त व्यवस्था मकवानपुरमा पनि लागू गर्न लागिएको मकवानपुर ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालिरहेका प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए...
लागूऔषधसहित एक जना पक्राउ
स्याङ्जा । स्याङजाको पुतलीबजार नगरपालिका–४ रामकोशबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय दिनेश महर्जन रहेका छन् । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ५१५ नम्बरको बस चेकजाँच गर्दा भक्तपुर घर भै पोखरा बस्दै आएका महर्जनको साथबाट प्रहरीले अवैध लागूऔषध बरामद गरेपछि निजलाई पक्राउ...
बागमती प्रदेशका १९९ जना प्रहरी कारबाहीमा
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले अनुशासन विपरीत काम गर्ने प्रहरीलाई कारबाही गरेको छ । प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि जेष्ठ २२ गतेसम्म प्रहरी अनुशासन विपरीत काम गर्ने १९९ जना प्रहरीलाई कारबाही गरेको हो । प्रहरी निरीक्षकसम्मका पदमा कार्यरत प्रहरी कर्मचारीलाई जिम्मेवारी अनुसारको काममा लापरबाही गरेको,...
शेयर बजारमा सामान्य अंकको सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएसँगै आज कारोबार रकम पनि बढ्न पुगेको छ । नेप्सेमा सूचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार...
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि...
नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखिसुरु हुँदैछ । बैठक भक्तपुरस्थित लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो । आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय...
हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना, ९ जना घाइते
मकवानपुर । भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, बतासेमा बुधबार साँझ सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बुधबार साँझ साढे ७ बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज १७६४ नम्बरको सुमो आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसी दुर्घटना हुँदा ९ जना...
रुखबाट लडेर हेटौंडाका स्याङ्तानको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा बुधबार रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बुद्धचोक बस्ने अन्दाजी २६ वर्षीय कुमार स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्याङ्तानको आप्नै घरदेखी अन्दाजी ८०० मिटर पुर्वतर्फ रहेको जलेश्वर सामुदायिक वनमा सालको रुखबाट लगेर...









