समाचार

चित्लाङ–थानकोट सडकखण्ड बन्द

मकवानपुर । हेटौंडाबाट काठमाडौं जोड्ने गणेशमान सिंह मार्गको चित्लाङ–चन्द्रागिरि–थानकोट सडकखण्ड बिहीबारबाट बन्द रहेको छ । उक्त सडकखण्ड अन्तर्गत चाकाखुसीदेखि ठुलोचौर सडकखण्ड कालोपत्रे गर्ने क्रममा जेष्ठ २५ गते बिहीबारदेखि एक साताका लागि बन्द गरिएको हो । मकवानपुरको थाहा नगरपालिका–९ को कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि उक्त...

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संघीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेदेखि बस्ने भएको हो । बैठकमा बजेटमाथिको छलफल जारी रहने भएको छ । गत जेठ १५ गते अर्थमन्त्रीले पेस गरेको बजेट माथि पछिल्ला दिनमा निरन्तर छलफल जारी छ । हालसम्म...

राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा आज काठमाडौंडमा विरोध प्रदर्शन गर्ने भएको छ । नागरिकता विधेयक, संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर विरोध प्रदर्शन गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आज दिउँसो २ बजे बबलमहलमा भेला भएर जुलुस...

मौसमको मौसम : यी प्रदेशमा हल्का वर्षा, तराईमा ‘लू’ चल्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली...

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलबीच आज जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल हुने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, आज बिहान साढे ११ बजे बस्ने बैठकमा उक्त विषयमा छलफल हुने भएको हो । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय...

बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले शुक्रबार दिने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय भएको...

राप्रपा नेपालले भोलि विरोध प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको जनवर्गीय संगठनहरुले संयुक्त रुपमा शुक्रबार काठमाडौंडमा विरोध प्रदर्शन गर्ने भएको छ । नागरिकता विधेयक, संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखेर विरोध प्रदर्शन गर्ने भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । भोलि शुक्रबार दिउँसो २ बजे बबलमहलमा भेला भएर...

आगामी केही दिनसम्म ‘लू’ को सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा  ‘लू’ को सम्भावना रहने देखिएको जनाएको छ । महाशाखाले देशको तराई भ–ूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएका र पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम...

साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जोले दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४ औं संस्करणका लागि नेपाली टिमको घोषणा गरेका छन् । प्रशिक्षक भिन्सेन्जोल अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका हुन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको...

नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ

काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशिला थिङ मनोनित भएकी छिन् । कांग्रेस प्रतिनिधि सभा सदस्य थिङलाई सभापति शेरबहादुर देउवाले बिहीबार सचेतक पदमा मनोनित गरेका हुन् । कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा २ बमोजिम सो मनोनिन गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–२ घर...