समाचार

पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुलाई स्वच्छ पिउने पानी र सरसफाईमा थप ध्यान दिन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाईको उचित व्यवस्थापन नभएको पाइएको भन्दै...

शुक्रबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौ । आज सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, अघिल्लो दिन छावावाला सुन प्रतितोला...

आजदेखि नेपाल रिपब्लिक मिडियाको आईपीओ खुल्ला

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको साधारण सेयर (आईपीओ) आजबाट सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ खुल्ला गरेको हो । एक सय रुपैयाँ अंकित मूल्यका कूल ४३ लाख ५३ हजार कित्ता...

जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन घुससहित पक्राउ

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौँ तह) लेखनाथ भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बिहान शंखमुलबाट ५० हजार घुस रकमसहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार, ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण...

१० महिनामा १० खर्ब रेमिटेन्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आवको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै सो अवधिमा १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह...

प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको कार्य...

मकवानपुरका गोले मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५, दहिदमारमा आज बिहान एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्थानीय अन्दाजी २४ वर्षीय रोशन गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गोले आफ्नै...

गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा खुकुरी प्रहार, ९ जना पक्राउ

ललितपुर । गर्लफ्रेन्डलाई फोन गरेको निहुँमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट ९ जनालाई पक्राउ गरेको छ । बर्दिया मधुवन नगरपालिका–२ का सुनिल थारू, कोञ्ज्योसोम गाउँपालिकाका सुजेन लामा र रशेम लामामाथि खुकुरी प्रहार गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले ९ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ...

आज बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिँदै

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । राष्ट्रिय सभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय...

हेटौंडामा आजबाट प्रथम स्काउट क्याम्प हुने

मकवानपुर । हेटौंडामा प्रथम हेटौंडा स्काउट क्याम्प–२०८० आजबाट हुने भएको छ । उक्त हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हुने भएको हो । हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा हुने उक्त क्याम्प आजदेखि २८ गतेसम्म संचालन गर्ने स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले...