२ जना मेडिकल संचालक पक्राउ

तु खबर संवाददाता
२०८० असार २, शनिबार १०:२४
सांकेतिक तस्बिर

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रबाट अनाधिकृत रुपमा मेडिकल संचालन गरेको आरोपमा प्रहरीले दुई जना परेका छन् ।

अनाधिकृत रुपमा मेडिकल पसल संचालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागीर र वडा नम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डल रहेका छन् ।

प्रहरीका अनुसार, उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।