हेटौंडाको नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिने

तु खबर संवाददाता
२०८० असार २, शनिबार ०७:४४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिने भएको छ ।

उपमहानगरपालिकाको १३ औं अधिवेशनमा आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिने भएको उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले जानकारी दिए ।

असार १० गतेसम्म सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । हेटौंडाले सोही प्रावधान अनुसार, नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न लागेको हो ।