बागमती प्रदेश : स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ७ करोड रुपैयाँ बजेट
मकवानपुर । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।
प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।
