आजदेखि तीन महिना सडक खन्न रोक

तु खबर संवाददाता
२०८० असार १,शुक्रबार ०८:१४
file-photo

काठमाडौं । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदी प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ ।

सडक पनि थप बिग्रिदै जाने भएकोले यही असार १ गतेदेखि भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने छ, सूचनामा भनिएको छ ।

वर्खा लागेपछि सडक समयमै मर्मत गर्न नसकिने र आवागमनमा असुविधा पुग्ने हुँदा तीन महिना सडक खन्न रोक लगाइएको कार्यालयको जनाएको छ ।

साथै उक्त कार्यालयले कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।