प्रतिनिधि सभामा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार ०८:२५
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ ।

यी मन्त्रालय सम्बन्धी विभिन्न प्रस्तावहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल भएको थियो ।