अमेरिकाको भिजा शुल्कमा वृद्धि जून महिनाको १७ बाट लागू हुने

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार ११:५८
file-photo

काठमाडौं । अमेरिकाको भिजामा भएको शुल्क वृद्धि सन् २०२३ जून १७ तारिकदेखि लागू हुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन महिनाको १७ तारिकबाट गैर आप्रवासी र विशेष भिजामा गरिएको शुल्क वृद्धि लागू गर्ने जनाएको छ ।

सो शुल्क वृद्धि अनुसार, भिजिटर भिसा लगायत ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइएको छ । भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि अहिलेसम्म भिसा शुल्क १६० डलर रहेको छ ।

व्यवसायी र लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई श्रेणीको भिसा शुल्क २०५ डलरबाट बढाएर ३१५ डलर बनाइने भएको छ । त्यस्तै रोजगारमा आधारित कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर थियो । त्यसलाई बढाएर २०५ डलर कायम गरिएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाइने भएको हो ।