नेपाल सुपर लिग मंसिर ९ मा सुरु हुने
काठमाडौंं । नेपाल सुपर लिग फुटबल आगामी मंसिर ९ देखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो ।
जसअनुसार लिग मंसिर ९ गतेदेखि सुरु भई पुष २१ मा सकिनेछ । पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो ।
एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल सुपर लिग एनएसएल फुटबल आयोजनाबाट ८ वर्षमा १७ करोड २१ लाख रुपैयाँ पाउने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले यो रकम एन्फालाई दिनेछ ।
