पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार ०९:५४
File Photo

धनगढी । कैलालीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय बालक अमर विकको पौडी खल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बुधबार घर नजिकैको काँडा नदीमा साथीहरूसँग पौडी खेल्ने क्रममा डुबी बेहोस् भएका थिए ।

बेहोस् उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ ।