मकवानपुरमा बसबाट हामफाल्दा लडेर गौतम घाइते
मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ बिजौनास्थ्ति बुधबार साँझ सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
बुधबार साँझ वीरगंजबाट चितवनतर्फ जाँदै गरेको ना.३ ख ७८२० नं.को बस रोक्न लाग्दा बस नरोक्दै उक्त बसमा सवार ओखलढुङ्गा मुलखर्क गाउँपालिका– ८ बस्ने २१ की दुर्गा गौतम बसबाट हामफाल्दा लडी निधारमा गहिरो चोट लागि घाइते भएको प्रहरीले जनाएको छ ।
उनको मनहरीमा समान्य उपचार पश्चात थप उपचारको लागि भरतपुरतर्फ पठाएको र अवस्था गम्भिर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
